आज देशव्यापीरुपमा दाने अखिलले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने

फाइल

गन्थन डेस्क

नेपाल कम्युनिष्ट पार्टी, दाहाल–नेपाल (दाने) पक्षधर विद्यार्थी समूहले आज देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले गत ५ गते संसद विघटन गरी अवैधानिक कदम चालेको विरोधमा अनेरास्ववियुले श्रृंखलाबद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ । सोही अनुरुप आज ओलीको पुत्ला दहन गरिन लागेको हो ।

अनेरास्ववियुका सह संयोजक रञ्जित तामाङले २१ गते विरोध कार्यक्रमको घोषणा गरेका हुन् । जसअनुसार आज पुत्ला दहन, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रमको आयोजना गर्ने लगायत रहेका छन् ।

त्यस्तै, अनेरास्ववियुले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक तथा आर्ट (स्ट्रिट वाल पेटिङ) तथा पुस २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यो दोस्रो चरणको आन्दोलनको कार्यक्रम हाे । तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु माघ १ गते सार्वजनिक गरिने समेत उक्त समुहले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...