काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश तथा अहंकारी व्यक्तिको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर आफूलाई निहंकुश तथा अहंकारी व्यक्तिका रुपमा उभ्याएको उनको दावी छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम मुलुकमा अनिस्ट ल्याउने किसिमको भएको भन्दै नेता नेपालले आफूहरुले देशमा संकटकाल लाग्ने सक्ने सम्भावना भएको समेत दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले नै संकटकाल लगाउन सक्ने सम्भावना रहेको उनको भनाई थियो । हजारौंको बलिदान तथा संघर्षबाट निर्माण भएको संविधानलाई ओलीले क्षतविक्षत बनाएको समेत उनले आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष नेपालले उक्त कदमविरुद्ध सडक संघर्ष जारी रहेको बताएका छन् ।