कङ्गयूर पाठमा मंगलबार नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्कु धम्छे रिम्पोछे आउने

पोखरा ०८ पौष/पोखरा १० रामघाट बुद्धशान्तिमार्गमा रहेको टांसी छ्योएलिङ्ग गुम्बामा जारी दशदिने कङ्गयूर पाठ तथा तानागघोसुम पुजामा नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्कु धम्छे रिम्पोछे आउने भएका छन । त ल्हो घोडा वर्गको अवसरमा गत पुस १ गतेदेखि जारी पुजामा मंगलबार रिम्पोछेले पुजामा सहभागीता जनाउने गुम्बाले जनाएको छ ।gumba 1पुजाको आठौ दिन सम्म आइपुग्दा गुम्बामा विभिन्न संघ सस्थाका ब्याक्तिहरुका साथै छिमेकी जिल्लाका भक्तजनहरुको समेत सहभागीता रहेको गुम्बाका मुख्य लामा गुरु आम्ची गोपाल गुरुङले जानकारी दिए । लामा गुरुङका अनुसार ल्होसारको अवसरमा आयोजना गरिएको कङ्गयूर पाठको नवौ दिन मंगलबार नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्कु धम्छे रिम्पोछे पुजामा सहभ लागी हुनका लागी पोखरा आउने वताए ।

आठौ दिन सम्म १२ हजार वढी भक्तजनहरुले सहभागीता जनाइसकेको वताउदै गुरुङले पुजाको नवौ दिन मंगलबार पुजामा सहभागी हुनका लागी नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्क धम्छे रिम्पोछे पोखरा आइपुग्ने वताए । मंगलबार विहान पोखरा आईपुग्ने रिम्पोछेलाई गुम्बाका लामागुरुहरुले पोखराको बिरौटामा रहेको होटल पोखरा ग्राण्डबाट भब्य ¥याली सहित नगर परिक्रमा गराइ गुम्बामा प्रवेश गराइने र त्यसमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई लामा गुरुङले आग्रह समेत गरेका छन ।

त्यसैगरी मंगलबार नै तानागघोसुम पुजाको अन्तिम दिन भएको गुम्बाका अर्का लामा गुरु फुर्वा गुरुङले जानकारी दिए । उनका अनुसार पुस एक गतेदेखि हिंस्रक जनावार बाघ , घमण्डी सांढे र फोहोरी जनावार सुँगुरको टाउकोको प्रतिमा बनाइ जारी रहेको ग्रह शान्ति पुजाको अन्तिम दिन भएकाले पनि भक्तजनहरुको उल्लेख्य सहभागीता रहने भएको छ ।

सोमबार कङ्गयूर पाठमा तमु धिँ नेपालका केन्द्रिय अध्यक्ष तथा क्षेत्रिय अध्यक्षहरुको सहभागीता रहेको गुम्बाले जनाएको छ । कङ्गयूर पाठमा पुगेका तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले टांसी छ्योएलिङ्ग गुम्बाले तमु जातिको जन्म देखि मृत्यू सम्मको संस्कारलाई जोगाउनमा ठूलो योगदान पु¥याएको वताउदै नया यूवाहरुलाई लामा पढाएर युवा लामाहरु उत्पादन गरेकोमा धन्यबाद ब्यक्त गरिन । उनले भनिन १२ वर्षदेखि निरन्तर रुपमा ल्होसारको अवसरमा आयोजना गर्दै आएको कङ्गयूर पाठ तथा तानागघोसुम पुजा जस्तो पवित्र कार्यले सम्पूर्ण तमुहरुमा एकता तथा सद्भाव कायम गर्नेछ ।

पुजामा अहिले सम्म कास्की र आसपासका छिमेकी जिल्लाका १२ हजार वढी भक्तजनहरुले सहभागीता जनाइसकेका छनभने आगामी पुस १० गते सम्म पुजा जारी रहने गुम्बाले जनाएको छ ।

कमेन्टहरु
Loading...