पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १६ वर्षीय १ जना किशोरी तथा ४९ र ५१ वर्षीय २ जना महिला सहित ५७ वर्षीय १ जना पुरुष रहेका छन् ।
४ नम्बर वडामा ६ जनाालई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना महिला तथा ४ जना पुरुष रहेका छन् । सो वडामा २३ र ८८ वर्षीय २ जना महिला सहित २०, २९, ३२ र ६७ वर्षीय ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको भएको हो ।
पोखरा ६ मा २६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ वर्षीय १ जना महिला ताथ २६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३२ र ६३ वर्षीय २ जना महिला तथा २७ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोरी तथा ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशका अन्य जिल्लाहरु लमजुङमा १ जना, म्याग्दीमा १ जना तथा पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ८ सय ३६ पुगेको छ ।