काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियुको केन्द्रीय कमिटीले आज सरकारविरुद्ध लालटिन बालेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले आज दिउँसै लालटिन बालेर विरोध गरेका हुन् । नेकपा प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले हिजोमात्र सरकारविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तरगत अनेरास्ववियुले आज ‘दिउँसै लालटिन बाल्यौं, संसद विघटनको धारा खै ?’ लगायतका नारा लेखिएको ब्यानर सहित प्रदर्शन गरेका थिए ।
