काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका नेता तथा सरकारका खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । नेकपाको प्रचण्ड–नेपाल पक्ष अखिलले मन्त्री थापालाई जाजरकोटबाट नेपालगञ्ज फर्किने समयमा भेरी नगरपालिका वडा नम्बर ४ बोहरामा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेको हो । प्रचण्ड–नेपाल पक्ष त्यागेका थापा संसद विघटन पश्चात् खानेपानी मन्त्रीका रुपमा नियुक्त भएका थिए । उनी ओली पक्षका स्थायी कमिटी सदस्य समेत हुन् ।
