मानवअधिकार बर्ष पुस्तक वार्षिक समिक्षा

तनहँु । पुस ५ गते/इन्सेक तनहँुको आयोजना मानवअधिकार बर्ष पुस्तक २०१३ को बार्षिक समिक्षा दमौलीमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पुर्व समिक्षा कार्यक्रमले बर्ष पुस्तकलाई अझ विश्वसनिय बनाउन सहयोग पुग्ने बताए । उनले इन्सेकले निकालेको तथ्याकं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विश्वसनिय भएको र सबैले त्यसलाई श्रोतको रुपमा समावेश गर्ने हुँदा बर्ष पुस्तकमा समावेश गरिने घटना तथ्य परक हुनु पर्ने बताए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक देवबहादुर बोहोराले इन्सेकले साढे २ दशकअघि देखी मानवअधिकार संरक्षण र सम्बद्र्धनको क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताए । मानवअधिकारको संरक्षण, सम्बद्र्धन र विकासबिना देश विकास नहुने हुँदा इन्सेक लगायतका संस्थाले राज्यलाई मानवअधिकार संरक्षणकोलागि खबरदारी गर्नु पर्ने बताए । इन्सेकको तथ्यांकले राज्यपक्षलाई मानवअधिकार संरक्षणकोलागि सुधारको मौका मिल्ने एसपी बोहोराले बताए ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता बलराम त्रिपाठीले मानवअधिकार हनन र अपराधका घटनालाई छुट्याउन सक्नु पर्ने बताए । अदालतमा प्रवेश गरिसकेको घटनालाई बर्ष पुस्तकमा समावेश गर्न नहुने उनको भनाई छ । नेकपा–माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेले बर्ष पुस्तक सन्तुलित भएको बताए । बर्षपुस्तकको पुर्व समिक्षा गर्नाले बर्ष पुस्तकलाई सन्तुलित बनाउन सहयोग पुग्ने उनको भनाई थियो ।

मानवअधिकार सञ्जालका संयोजक गोविन्द पन्थ, नेपाल बार एसोसियनसनका अध्यक्ष देवेन्द्रराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एसबी नेपाली, रिसेडका अध्यक्ष मदन पौडेल, तनहँु सहयोगी समुहका अध्यक्ष श्रीराम कंडेल, होस्टेहैंसे बालविकास समाजका कार्यक्रम संयोजक चेतबहादुर थापा, गैसस समन्यव समितिकी सदस्य सरस्वती अधिकारी लगायतले बर्ष पुस्तकको विश्वसनियताको बारेमा मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...