पोखरामा १० सहित कास्कीमा थप १२ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको माछापुच्छ«े गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर २ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै मादी गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर २ का ३३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यता पोखरा महानगरपालिका वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७७ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ७३ वर्षीय २ जना महिला सहित १६ वर्षीय १ जना किशोर तथा ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १० मा ५६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६, ४६ र ४८ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा २६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस अगाडि आज बिहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक जानकारी अनुसार पोखरामा २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्ममा माछापुच्छ«े गाउँपालिका तथा मादी गाउँपालिकामा १/१ सहित पोखरामा ३४ जना गरेर कास्कीमा ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्लाहरु म्याग्दीमा २ जना, लमजुङमा ३ जना, बाग्लुङमा ८ जना तथा गोरखामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ८ सय ११ पुगेको छ ।

कमेन्टहरु
Loading...