पोखरा । जापानमा सञ्चालन भइरहेको दोमो दोमो रेष्टुरेन्टको शाखा पोखरामा सञ्चालनमा आएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले उद्घाटन गरेका थिए । युवा व्यवसाय लक्ष्मण प्रधान, सन्देश ढुंगाना सुजन श्रेष्ठ, सूर्य श्रेष्ठले महेन्द्रपुल मोबाइल टावरमा ‘दोमो दोमो’ रेष्ट्रो एण्ड लञ्ज सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापक श्रेष्ठले पारिवारिक वातावरणमा र जापानिज साथै नेपाली खानाको परिकारको नयाँ कन्सेप्टमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन् ।
विभिन्न परिकार र नयाँ स्वादले यहाँ आउने ग्राहकलाई नौलो र मिठो स्वाद अनुभव गराउने उनले बताए । श्रेष्ठ भन्छन्, ‘हिमालको दृष्य हेर्दै र पारिवारिक वातावरणमा नयाँ स्वादको अनुभव लिन पाइन्छ ।’
रेष्टुरेन्टमा चाइनिज, जापानिज, नेपालको विभिन्न परिकारसँगै कन्टिनेन्टल फुडको स्वादले मान्छेको मन लोभ्याउने उनको भनाई छ । साथै रेष्टुरेन्टमा साँझ ५ बजेपछि विभिन्न ब्यान्डको लाइभ म्युजिक पनि राखिएको छ ।
उद्घाटन समारोहमा बोल्दै दामु अधिकारीले अबको समय स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय चलायमान गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले सरकारको मापदण्ड पालना गरेर काम गर्नुपर्छ, अब व्यवसाय चलायमान बनाउनुपर्छ ।’
सञ्चालकका अनुसार छिटै नै ‘दोमो दोमो’ को शाखा तनहुँमा सञ्चालनमा ल्याउने बताएका छन् । श्रेष्ठका अनुुसार दोमोदोमो करिब ९० लाख लगानीमा सञ्चालनमा आएको छ ।