पोखरा । यही पुष २३ र २४ गते हुने उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि उमेरद्वार घरदैलौ कार्यक्रममा व्यस्त छन् । संघको नेतृत्वमा पुग्न नारायण कोइरालाको प्यानलले घरदैलो अभियानमा बिहानदेखि बेलुकासम्म व्यस्त छन् ।
यही बीच अध्यक्ष पदका उमेरद्वार दिएका नारायण कोइरालाले घरदैलो कार्यक्रममार्फत् व्यवसायीको प्रतिक्रिया बुझ्दा जित सुनिश्चित हुन्छ कि भन्ने आशा राखेका छन् । २०६३ सालदेखि संघमा आवद्ध उनी यसअघि संघका वरिष्ठ उपाध्यक्ष समेत रहिसकेका कोइरालाले अध्यक्षमा पदमा उमेरद्वारी दिएको यो दोस्रो पटक हो । यद्यपी उनी पहिलो पटकको चुनावमा भने पराजित भएका थिए ।
तर ३२ औं महाधिवेशनमा भने उनले १ हजार ७ सय १५ मत ल्याएका आफ्नो विपक्षीमा उठेका यदुनाथलाई अधिकारीलाई पराजित गराएका थिए । अधिकारीको १ हजार २ सय ३५ भोट आएको थियो । यसअघिको महाधिवेशनको जितले नै कोइरालालाई अध्यक्ष पदमा उमेदवारी दिन हौसला प्रदान गरेको हो । उनी भन्छन्, ‘अध्यक्ष पदमा म यसअघि हारेपनि व्यवसायले मलाई विश्वास गरेर वरिष्ठ उपाध्यक्षमा उठ्न सुझाउनु भएको थियो, फलतः मैले जिते अहिले पनि पहिलेको जसरी उहाँहरुप्रति विश्वास छ ।’
‘व्यवसायिक हकहितको सुनिश्चिता, सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ उनको प्यानल दृढताका साथ चुनावमा होमिएको छ । पोखराको आम भौतिक संरचना, शिक्षा स्वास्थ्य, पर्यटन कृषि लगायतका यावत् कुरालाई व्यवस्थित किसिमलाई समृद्ध सहर बनाउन अगाडि बढ्ने कोइरालाको प्रतिवद्धता छ । ‘घरदैलो कार्यक्रम गरिरहँदा खुसी महसुस भएको छ, व्यवसायको विश्वास देखेर’, उनी सुनाउँछन्, ‘संघको नेतृत्व नारायण कोइरालाको पक्षमा जाने भने व्यवसायलाई सहज हुन्छ भन्ने विश्वास राख्नुभएको छ ।’
‘कही कतै बजारमा नारायण कोइरालाको प्रतिद्वन्द्वी अलि कमजोर हो कि भन्ने कुरा सुन्छु ।’ उनले सुनाए । उनको विपक्षीमा ३२ औं अधिवेशनमार्फत् निर्वाचित उपाध्यक्ष विन्दु कोइराला सुवेदी हुन् । सुवेदी यसअघि कोइरालाकै प्यानल अर्थात् टिम की व्यक्ति हुन् ।
यद्यपी उमेरद्वारीमा भने दुवै प्रतिस्पर्धा गर्ने छन् । एउटा टिमको व्यक्ति टिम छोडर स्वतन्त्रमार्फत् प्रतिस्पर्धा गर्दा कोइरालालाई साथीहरु छुट्दा नरमाइलो हुने बताए । उनले भने, ‘हुन त संघले पदका लागि उठ्ने अधिकार सबै सदस्यलाई दिएको छ, तर सहकार्य नगरेर अगाडि बढ्दा टिम समेटिने अनि अलिकति नरमाइलो लाग्ने रहेछ ।’
‘कोभिडका कारणले पनि अहिलेको अवस्थामा टिमबाट मिलेर जाऔं भनेको त र मान्नुभएन’, उनले सुनाए, ‘एकपटक उपाध्क्ष भइसकेपछि अध्यक्ष पदको आकांक्षा राख्नुभयो, यदी मिलेर गएको भए अहिले सबै टिम साथि समेटिनुहुन्थ्यो नरमाइलो हुन्थेन ।’
यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।
कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् ।
यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग वाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।