पोखरामा ११ जना कोरोना संक्रमित थपिए

पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ र ६२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा ४० वर्षीय १ जना पुरुष, १३ मा २८ वर्षीय १ जना पुरुष, १४ का ४६ वर्षीय १ जना पुरुष तथा १८ का ६५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ६७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार पोखरामा २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु गोरखामा २ जना, लमजुङमा ३ जना, तनहुँमा ३ जना, पर्वतमा १ जना, स्याङ्जामा ३ जना तथा मनाङमा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ७ सय ५३ पुगेको छ ।

 

कमेन्टहरु
Loading...