काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । प्रचण्ड पत्नी सीता विगत लामो समयदेखि बिरामी थिइन् ।
केही दिन यता स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि उनलाई आज बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट उपचारका लागि भारत लगिएको हो । सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड तथा छोरी सीता दाहाल भारत मुम्बईतर्फ लागेका छन् ।
उनको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ ।
प्रचण्ड पत्नी सीता विगत लामो समयदेखि पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पि.एस.पी) नामको जटिल प्रकारको रोगबाट ग्रसित रहेकी छिन् । उनको उपचार केही समय अगाडि सिंगापुर, अमेरिका तथा भारत लगायतको देशमा भएको थियो ।
केही समय अगाडि उनलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा खासै सुधार आउन सकेको थिएन । मेडिसिटी अस्पतालमा उपचार पश्चात घरमा नै आराम गरिरहेकी सीतालाई आज थप उपचारका लागि भारत लगिएको हो ।