सिमकाट । हुम्लामा भारी हिमपात हुँदा जनजीवन नराम्रोसंग प्रभावित बनेको छ ।
आइतबार साँझदेखि हिमपात कै कारण विमान सेवा अवरुद्ध हुँदा सिमकोटबाट काठमाडौं, सुर्खेत, नेपालगञ्ज लगायतका स्थानमा जाने यात्रुहरु समेत हम्लामा नै रोकिएका छन् । आइतबार साँझदेखि नै तारा एयरका जहाजहरु सिमकोट विमानस्थलमा नै थन्किएका छन् । हिमपात तथा खराब मौसमले अन्य कम्पनीका जहाज समेत रोकिएको छ ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा समेत हिमपात भइरहेको बताइएको छ । हिमपातसंग चिसो बढेर जनजीवन प्रभावित बनेको भए पनि हिउँले बालीनानी सप्रिने आशामा किसानहरु खुसी भएका छन् ।