घुम्ती रक्तदानमा १ सय ६३ युनिट रगत संकलन

पोखरा । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १ सय ६३ युनिट रगत संकलन भएको छ । पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न ६ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ६३ युनिट रगत संकलन भएको हो ।

पोखराको विपिचोकमा २९, विरौटाचोकमा ४४, अमरसिंहचोकमा २१, बगरमाम २९, बूढीबजारमा २० र पृथ्वीचोकमा २० युनिट रगत संकलन भएको संस्थाका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक रविबहादुर विकले जानकारी दिएका छन् ।

रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लगभग २० प्रतिशत महिलाको सहभागिता रहेको थियो ।

साताव्यापी कार्यक्रमअन्तर्गत पोखराको मुख्य बजार पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रक्तदाता समिता रोकालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानमा सबैको साथ र सहयोगको खाँचो औंल्याए ।

निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताउँदै उनले उद्योगी व्यवसायीको हक, हितका साथै व्यवसाय प्रवद्र्धनका लागि तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहकारीका सदस्यलाई कोसेली स्वास्थ्य सामग्री

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका–१७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आइतबारदेखि सुरु भएको १३ औं साधारणमा शेयर सदस्यलाई कोसेलीस्वरुप मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर ४ दिनसम्म साधारणसभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिएका छन् ।

शेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाइमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइका सामग्री प्रदान गरिएको बताएका छन् । उनका अनुसार यस अवधिमा नेपाल रेडक्रस सोसाइटीले सुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने छ । पोखरा महानगरपालिका वडा नं ७ र १७ स्थित पूर्वी भेगका बुद्धिजीवी, समाजसेवीको सक्रियतामा २०६४ मा दर्ता गरी सञ्चालनमा आएको सो सहकारीमा हाल ३ सय ८६ शेयर सदस्य छन् ।

तिनमा ६० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको छ । संस्थाले गत वर्षको १२ औं साधारणसभामा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेंगु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो । रासस

कमेन्टहरु
Loading...