सरस्वती टीकामा स्नातक तह सञ्चालन

पोखरा, ७ पुस /कास्कीको भरतपोखरी गाविसस्थित सरस्वती टीका बहुमुखी क्याम्पसमा स्तानत तहका कक्षा संचालन सुरु भएका छन् । क्याम्पसमा यस शैक्षिक सत्रदेखि व्यवस्थापन तहको चार वर्षे बीबीएसका कक्षा संचालन सुरु भएको क्याम्पस प्रमुख डिल्लीराम बरालले जानकारी दिए । स्थानीय जनसहभागिताबाट संकलित एक करोड बढी रकम संकलन गरेर गाउँमै सामुदायिक क्याम्पस संचालन गर्ने संकल्प भएअनुरुप यस वर्षदेखि व्यवस्थापन तहका कक्षा सुरु भएको र आगामी दिनमा अन्य संकायका कक्षा संचालन गर्दै लगिने क्याम्पस प्रमुख बरालले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकायमा सम्बन्धन प्राप्त गरी २० जना विद्यार्थीहरुबाट कक्षा संचालन भैरहेको जनाइएको छ ।
साथै क्याम्पसको स्थापनाका लागि गठित तदर्थ समितिको कार्यकाल एक वर्ष पूरा भएको हुनाले पुस २० गते शनिबार क्याम्पसको पहिलो वार्षिक साधारणसभा तथा अधिवेसन गरिने जनाइएको छ ।

गत वर्ष पुस ७ गते स्थानीय जनताको भेलाले क्याम्पस संचालनका लागि हेमबहादुर थापा पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । सो समितिले क्याम्पसका लागि जग्गा खोजी गर्नुका साथै संरक्षण गर्ने, क्याम्पस निममावली तयार गर्ने, क्याम्पसको सम्भाव्यता अध्ययन समेत सम्पन्न गरी स्नातक तहका कक्षा संचालन गरेको हो । क्याम्पसमा चार सय ५० बढी सिनेट सदस्यता वितरण गरी क्याम्पस संचालनका लागि आर्थिक संकलनसमेत गरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...