पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ लिपेयनी ग्रामीण भेकमा रहेको हिमालय बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार बृहस्पति अधिकारीले नेपालका ग्रामीण भागहरु विकासको लक्ष्यमा अगाडि बढिरहेको अवस्थामा सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । गाउँबस्ती समेत आधुनिकतामा प्रवेश गरेको यो अवस्थालाई थप अगाडि बढाउन सबैले साथ दिनुपर्नेमा उनको जोड थियो । त्यस्तै संस्थाका शिक्षा समिति सयोजक सत्यराज बराल तथा सल्लाहकार खेमबहादुर गुरुङले संस्थाले हालसम्म यो क्षेत्रमा उलेख्य काम गरेको कार्यक्रमका अवसरमा बताएका थिए ।
संस्थाका अध्यक्ष कृष्णराज दाहालले सहकारीको विभन्नि गतिविधि र आगामी कार्यनीति तथा लेखा समिति संयोजक सन्तोष ढकाल तथा कोषाध्यक्ष लोककुमारी बरालले गत आव २०७६/७७ को प्रतिवेदन तथा प्रस्तावित आव २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्षमा कृष्णचन्द्र बरालले शुभकामना मन्तव्य तथा संस्थाका सदस्य मिलन ढकालले सहकारीका ७ सिद्धान्त प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीरेन्द्र पौडेलले गरेका थिए । १ सय ८२ जना सेयर सदस्य रहेको संस्थामा आगामी वर्ष ३ सयभन्दा बढी सेयर सदस्य थप्ने र कृषिमा व्यवसायीकरण गर्दै लगानी बढाउने लक्ष्य छ ।