पोखरामा थप १३ लाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा २८ वर्षीय १ जना महिला, ७ मा ३६ वर्षीय १ जना पुरुष, ८ मा ३९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० नम्बर वडामा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा २१ र २९ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ३१ र ४१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा ४१ वर्षीय १ जना महिला तथा २६ मा ३३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ३९ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

३२ नम्बर वडामा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

केही समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ६ सय ९९ पुगेको छ ।

कमेन्टहरु
Loading...