कोरोना संक्रमणबाट कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । पछिल्लो समय भारतको नयाँ दिल्लीमा बस्दै आएको कोइरालाको कोरोना संक्रमणबाट निधन भएको हो ।

उनी भारतमा व्यवसाय गर्दै आएका थिए । कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो दाजु निरञ्जन कोइरालाको भारतमा कोरोना भाइरस संक्रमणबाट निधन भएको जानकारी दिएका हुन् ।

‘मेरा आदरणीय दाजु निरुदाको आज बिहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं । म आफू आजबाट अभिभावकविहीन भएको छु ।’ उनले फेसबुकमा लेखेका छन्, ‘उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं ।’

कमेन्टहरु
Loading...