सामुदायिक प्रहरी सेवा हेमजाको अध्यक्षमा पुनः विष्णु बाँस्तोला

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागी अध्यक्षमा पुनः विष्णु बाँस्तोलालाई चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा दानबहादुर भुजेल, सचिवमा देवीप्रसाद अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद तिम्सिना र सह सचिवमा सृजना सापकोटालाई चयन भएका छन् ।

सदस्यहरुमा ऋषिराम शर्मा पौडेल,रीता कार्की कुँवर,बुद्धिबहादुर थापा, डम्बरबहादुर नेपाली, तमबहादुर रोका, हिमलाल पौडेल, गणेशप्रसाद अधिकारी, कवीराज बाँस्तोला र कृष्णबहादुर कुँवर(टाईगर) लाई सर्वसम्मतिले चयन भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरीउपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक सेवा केन्द्रको स्थापनाको इतिहास वर्णन गर्दै सामुदायिक सँस्थाको स्थापनाले स्थानीय सुरक्षा निकायका साथै स्थानीय सरकारलाई पनि आफ्नो काममा निकै सजिलो भएको बताए ।

कार्यक्रममा सँस्थाले गरेका कार्यहरुको समिक्षा गर्दै सँस्थाका सल्लाहकार दानबहादुर थापा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने, जिल्ला सामुदायिकका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की र पोखरा म न पा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सँस्थामा रहेर सराहनीय कार्यगर्ने सदस्य तथा सहयोगी सँस्थाहरु कार्यरत प्रहरी इन्चार्ज प्र.ह. जयबहादुर कुँवर, प्र.ज. विन्दु जि.सी, सदस्य क्रमश देवीप्रसाद अधिकारी, बुद्धिबहादुर थापा र विपना श्रेष्ठ सुबेदी, तथा जिल्ला सामुदायिकका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.ना.नि होतबहादुर रोकाय, समाजसेवी रविन कार्कीका साथै स्थानीय नमूना मसिना टोल विकास सँस्था, छन्त्याल आमा समूह, नमूना आमा समूह बाँस्तोलाबस्ती र लामपाटा आमा समूहलाई सम्मानित गरिएको थियो ।

कमेन्टहरु
Loading...