पोउवाको ३३ औं महाधिवेशनमा क-कसले गराए मनोनयन दर्ता ?

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीले अध्यक्षमा मनोनय दर्ता गराएका छन् ।

संघको ३३ औं महाधिवेशनमा विन्दु कोइराला सुवेदीले स्वतन्त्र प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएकि हुन् । त्यस्तै विन्दुको कोइरालाको प्यानलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छैन । यस पदमा नारायण कोइराला प्यानलका पवनकुमार प्रजापतिलाई नै समर्थन गरिएको छ ।

त्यस्तै, उद्योगतर्फका उपाध्यक्षमा गोर्कणले उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीको प्यानलले वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बाँस्तोलाले उम्मेदवारी दर्ता गराएको छ ।

यसैगरी उनको प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । उनको चुनावी नारा ‘उद्योगी व्यवसायीको रखवारी, नारी नेतृत्वको उम्मेदवारी’ रहेको छ ।

यता नारायण कोइरालाको प्यानलमा वरिष्ठ उपाध्यक्षतर्फ पवनकुमार प्रजापति र वाणिज्यअन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङले उम्मेदवारी दिएकी छिन् ।

यसैगरी, महासचिव, कोषाध्यक्ष र उपमहासचिवमा क्रमशः सुरेन्द्रमान बिजुक्छे, बलराम आचार्य र केशवबहादुर खत्री रहेका छन् । त्यस्तै सदस्यमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् ।

त्यस्तै बस्तुगत संघ सदस्यहरुको तर्फबाट कार्यसमितिको सदस्यमा दुबै प्यानलबाट उदय कुमार केसी,उमापति ढकाल,कृष्णा प्रसाद तिवारी , बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला,राजन गोगजु, रामबहादुर केसी, रुप नारायण भुजेलले उम्मेदवारी दर्ता गराएका छन् ।

कमेन्टहरु
Loading...