अदालत र निर्वाचन आयोगले सक्कली चार्ली च्यापलिन चिन्नेछः प्रम ओली

काठमाडौं । नेकपा र चुनाव चिन्ह सूर्यको विवाद अदालतमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले यसमा कसको दावी रहने भन्ने स्पष्ट पारेका छन् । उनले चार्ली च्यापलिनको क्यारिकेचरमा स्वयं च्यापलिन नै दोस्रो भएको उदाहरण पेश गर्दै अहिले अदालतमा पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहले उनैको नक्कल गरेको उल्लेख गरे ।

सम्मानित अदालतले नक्कली हैन सक्कली चार्ली च्यापलिन छुट्याएरै छाड्ने भन्दै आफ्नै समूहले नेकपा र सूर्य चिन्ह पाउने दाबी गरेका छन् । उनले भने ‘अदालत भ्रममा पर्ने छैन, सक्कली चार्ली च्यापलिनकै जीत हुनेछ ।’

कमेन्टहरु
Loading...