पोखरा । नेपालमा थप ४ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ७४ जना महिला तथा २ सय ४५ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।
नेपालमा हाल ५ हजार ७ सय ११ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७ सय ५० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ७० जना पुगेको छ ।
हाल नेपालमा २ हजार २ सय ३४ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय १८ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्ला हुन् । त्यस्तै नेपालमा सक्रिय संक्रमितहरुको सुन्य संख्या भएको जिल्लाहरुमा पाँचथर, सोलुखुम्बु तथा मुगु रहेका छन् ।