राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन

पोखरा । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।

उनको शनिबार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टी गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की कांग्रेस सभापति कृष्ण केसी र क्षेत्र नं १ का सभापति विर्जमान गुरुङले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन् ।

श्रद्धाञ्जलीका लागि कांग्रेसका नेता तथा कार्यकर्ता, शुेभेच्छुक र आफन्त पुगेका थिए ।

उनका १ श्रीमती, ३ छोरा र १ छोरी छन् । जेठा छोरा शंकर बराल हाल बर्दियाको जिल्ला न्यायधिश, माइला छोरा भवसागर बराल कांग्रेस नेता र अर्का छोरा बुद्धिराज बराल प्राइम बैंकको प्रबन्धक हुन् । यसैबीच, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...