पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीले अध्यक्षमा मनोनय दर्ता गराएका छन् । दुवै पक्षका प्यानलले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिएका हुन् ।
महाधिवेशनका लागि नारायण कोइराला नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) चीनुकुमारी गुरुङ, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् ।
कार्यकारिणी सदस्य पदमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लव त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् ।
यस्तै, एसोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी उम्मेदवार छन् । औद्योगिकतर्फ सदस्य घोषणा हुन बाँकी छ । महाधिवेशन यही पुष २४ र २५ गते हुँदैछ । महाधिवेशनमा २८ सय ७० मतदाता रहेका छन् ।