प्रचण्ड–नेपाल राजनीतिक ‘कु’ तर्फ अगाडि बढेः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कम्युनिस्ट आन्दोलनले ७ दशक पार गरिसकेको र यो लामो प्रक्रियामा नेपालमा सामन्तवाद राजतन्त्रको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौंमा आयोजना भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको अन्तरसंघर्ष सही विचार तथा सही नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा भएको उनको भनाई छ ।

लामो संघर्षपश्चात् नेपालमा प्राप्त भएको उपलब्धीहरुलाई समाप्त पार्न प्रतिगामी शक्ति लागि परेको र नेकपालाई कसरी विभाजित पार्ने भन्ने रणनीति तय गरेको उनले बताएका छन् । नेकपालाई विभाजन गर्न हाल प्रतिगामी शक्ति सफल भएको उनले बताएका छन् । ‘नेकपाको एउटा गुट पार्टीबाट अहिले अलग भएको छ । यो विभाजनबाट अहिलदे उनीहरु निकै उत्साहित भएका छन् ।’ उनले भने, ‘आज राजनीतिक अस्थिरता ल्याएर नेपकलको नेकपाको दुईतिहाई बहुमतलाई विभाजन गरेका छन् ।’ उनीहरु उत्साहित भएको नेपालको सडकमा देखिएको उनको दावी थियो । देशमा कसरी राजनीतिक स्थायित्व कसरी कायम गर्ने भन्ने विषय अहिले चुनौती बनेको उनले बताए ।

निर्वाचन गराएर फेरी जनतामाझ जाने निर्णय नै सही निर्णय भएको उनको दावी थियो । ‘जनताले मात्रै स्थायित्व दिन सक्छ । नेकपाको नेतृत्वमा नागरिकले मात्रै सही नेता चयन गर्न सक्छन् ।’ उनले भने । प्रतिक्रान्ति तथा प्रतिगामीहरुलाई पार्टीले मात्र रोक्ने नसक्ने तर जनताले रोक्ने सक्ने उनले बताए । जनताको सहयोगले मात्रै विभाजित भएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्ने उनको भनाई थियो ।

पुरानो संसदले मुलुकमा निकास दिने नसक्ने गृहमन्त्री थापाले दावी गरेका छन् । कम्युनिस्ट आन्दोलनमा भएका अवसरवादीहरुलाई जनतामा गएर किनारा लगाउन सकिने उनले बताए । नेपालको कम्युनिस्ट आएको फुटको कारण पद लोलुप भएको उनको दावी थियो । उनले भने, ‘को प्रधानमन्त्री हुने, को राष्ट्रपति हुने, को अध्यक्ष, को सचिव हुने भन्नेमा मात्रै बहस छ । यो कुनै राजनीतिक बहस होइन, यो त सत्ता र शक्तिको मोहको बहस हो ।’

आफूहरुले प्रधानमन्त्रीलाई अहिले हटाउन नहुने तथा आरोपपत्र फिर्ता लिनुस् भन्दा पनि अडान नछोडेको उनको आरोप थियो । प्रचण्ड–नेपाल समुह राजीतिक कु निम्त्याउने बाटोतर्फ अगाडि बढेको उनले कार्यक्रममा आरोप लगाएका हुन् । ‘राजनीतिक कु तर्फ उहाँहरु अगाडि बढ्ने देखिसकेपछि संसद विघटन भएको हो ।’ उनले भने । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर ठूलो राजनीतिक कदम सारेको उनले बताएका छन् । यो कदम अग्रगामी कदम भएको भन्दै आउने प्रतिगामीहरुलाई रोक्ने माध्यम भएको उनको दावी छ । अदालतले पनि प्रतिगामीविरुद्ध प्रधानमन्त्री ओलीको कदमलाई साथ दिने आउने आशा व्यक्त गरे ।

सरकारविरुद्धको घेराबन्दीलाई पार गरेर समाजवाद, स्थायित्व तथा समृद्धिको दिशातर्फ आगाडि बढ्ने गृहमन्त्री थापाको भनाई छ । आगामी दिनहरुमा एकढिक्का भएर जनताबीच नयाँ आन्दोलन सहित जाने उनको भनाई थियो । ‘मध्यावधि निर्वाचन भनेको नागरिकमाझ आन्दोलनमा जानु हो ।’ उनले भने ।

कमेन्टहरु
Loading...