मुलुकका केही भू-भागमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ ।