समृद्धिका लागि एकताबद्ध हुन आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार मुलुकको समृद्धितर्फ अघि बढेका बेला एकताबद्ध भई लाग्न कार्यकर्तामा आग्रह गरेका छन् ।

थापाले नेकपाका दाहाल–नेपाल समूहमा बेइमानी र विचलन देखिएकाले ओली नेतृत्वको पार्टीमा एकताबद्ध हुन आग्रह गरे । उनले अहिलेको स्थितिमा सरकार परिवर्तन वा पार्टी विभाजनमा जाँदा परिवर्तनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष ओलीले आगामी चैतमा महाधिवेशन गरेर नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने भनेपछि केही नेतामा छटपटी शुरु भएको उनको भनाइ थियो । उनले नेकपाको पुनः एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावपत्र फिर्ता हुनुपर्ने बताए।

कमेन्टहरु
Loading...