प्रधानमन्त्रीले देशमा स्थायित्व कायम गर्न प्रतिनिधिसभा भंग गरेः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कार्य नभएको स्पष्ट पारेका छन् । मुलुकमा स्थायित्व ल्याउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको दावी थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता थापाले सरकारले अग्रगामी कदम चालेकाले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय संवैधानिक या असंवैधानिक कदम के हो भन्ने विषयमा चाहिएको भन्दा बढी बहस भइरहेको उनको भनाई थियो ।

आज ललितपुरमा नेकपाको ओली निटक जिल्ला कमिटीले आयाजना गरेको महानगरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कदम चालेको समेत दावी गरेका छन् ।

नेकपा पार्टी विभाजन हुनुमा बाह्य शक्तिको हात रहेको समेत उनले बताए । मुलुकमा शान्ति, स्थिरता तथा स्थायित्व नचाहने केही तत्वले प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको उनले आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...