शुक्रबार प्याराडिसो स्पोर्टस् बारमा सविन राई सांगीतिक साझँ

पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले अग्रेजी नयाँ बर्षको अवसरमा विशेष सांगीतिक साझँको आयोजना गरेको छ । नयाँ वर्षको अवसरमा पुष १७ गते विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिएका छन् ।

शुक्रबार साझँ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सविन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्छन् । उनले सन् १९९२ बाट नेपाली सांगीतिक दुनियाँमा आएका हुन् ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताएका छन् ।

पोखरा आएका धेरै पर्यटकलाई कोरोना भाइरसको यो महामारीमा नयाँ वर्षले फिक्का नबनोस् भन्ने उद्देश्यले कोरोनाको स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गरेको पौडेलले जानकारी दिए । बारभित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । उनले बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, संस्थाका एनिभर्सरी, प्राइभेट पार्टी गर्न समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिंक र म्युजिक’ रमाउन पाइने उल्लेख गरेका छन् ।

कमेन्टहरु
Loading...