पोेखरा उद्योग वाणिज्य संघको सदस्यमा पवित्रा गुरुङको उम्मेद्धवारी

गन्थन डेस्क ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पवित्रादेबी गुरुङले उम्मेद्धवारी घोषणा गरेकी छन् ।

‘सामुहिक भावनामा अर्पण, व्यवसायिक हक हितमा सर्मपण’ भन्ने उद्धघोषका साथ कार्यसमिति सदस्य पदमा गुरुङले उम्मेद्धवारी घोषणा गरेकी हुन् ।

तमु भाङग्रा हस्तकला उद्योग प्रा.लीको सञ्चालक रहेकी उनी उद्योग वाणिज्य महासंघको पछिल्ला दुई निर्वाचन यता चुनावी मैदानमा छिन् ।

‘अघिल्ला दुई महाधिवेशनले सिक्ने अवसर दियो अब सिकेका कुरालाई व्यवसायिका हक हितका पक्षमा सर्मपण गर्नेछु’, उनले भनिन् ।

उनी पोखरा महानगर महिला समन्वय समितिको अध्यक्ष साथैं तमु धिं नेपाल केन्द्रिय महिला समिति प्रथम उपाध्यक्ष हुन् ।

लामो समयदेखी पोखरामा रहेर सामाजिक कार्यहरुमा अग्रसर उनी रोटरी क्लब अफ पोखरा मिडटाउनमा सदस्यको रुपमा रहेकी छन् । भने जनप्रिय टोल विकास संस्था पोखरा-१० को अध्यक्ष हुन् ।

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन पुष २४ र २५ गते हुदैछ ।

कमेन्टहरु
Loading...