पोखरा । गण्डकी प्रदेशमा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशका ४ जिल्ला गरि थप ३४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६ जना कास्की जिल्ला पोखरा महानगरपालिकाका रहेका छन् ।
त्यस्तै पूर्व नवलपरासीमा पनि थप १४ जनामा संक्रमण पुष्टि भएको छ । यता तनहुँमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै स्याङ्जामा थप १ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १४ हजार ५ सय ६३ पुगेको छ ।