लेखनाथ ४ पौष/साना किसान कृषि सहकारी संस्था वेगनास ले आफ्ना सदस्यहरुलाई कृषि उद्यमशिलता प्रर्वद्धन तथा सहकारीताको ज्ञान अभिवृद्धि गर्ने हेतुले अध्ययन अवलोकन भ्रमण आयोजना गरेको छ । संस्थाका सल्लाहकार सदस्यहरु, सञ्चालक समिति, शेयरधनी, विभिन्न उप–समितिका सदस्यहरु, पत्रकार गरी कूल ४२ जना को भ्रमण टोली रहने संस्थाका अध्यक्ष भोलानाथ तिवारी ले जानकारी दिनुभयो । आगामी पौष ६ र ७ गते सञ्चालन हुने उक्त भ्रमण टोलीले वन्दिपुर, सौराहा, गैडाकोट आदि स्थानमा कृषि फर्म, सहकारी, लघुवित्त व्यवस्थापन आदिको अध्ययन र अवलोकन गर्ने जनाईएको छ । कूल एक हजार शेयर सदस्य रहेको साना किसान कृषि सहकारी संस्था वेगनासले आफ्नो कार्यक्षेत्र विस्तार गरी ेखनाथ भरि सञ्चालन गर्ने उद्देश्य रहेको संस्था प्रवन्धक प्रेम बहादुर राई ले जानकारी दिए । लेखनाथ –९ वेगनासतालमा सञ्चालित यो कृषि सहकारीको आफ्नै दुई तले भवन र तालीम हल निर्माणाधीन छ ।
