काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ।
त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।
तराईका सहरहरूमा नेपालगञ्जमा न्यूनतम तापक्रम ४ डिग्री पुगेको छ भने विराटनगर, भैरहवा, जनकपुर र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथि छ।
पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। मौसमविदले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताएका छन् ।