पोखरा । नेवाः मिसा पुच कास्कीको आयोजनामा शनिबार नयाँबजारमा ‘योमरी प्रतियोगिता’ हुने भएको छ । नयाँ पुस्तालाई योमरी बारे जानकारी गराउन र नेवारी संस्कृति जोगाउन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक संगिता ब्रजाचार्यले जानकारी दिईन् ।
योमरी प्रतियोगिताले नेवारी संस्कृतिको संरक्षक गर्ने उनको भनाइ छ। ‘पछिल्लो समय योमरीको स्वादमा भिन्नता पाउँछौं ’, उनले भनीन्, ‘पहिलेको जस्तो नेवारी स्वाद आउँदैन, आजभोली योमरीको स्वादमा बजारी स्वाद मिसिन थालेको छ ।’
त्यस्तै योमरी प्रतियोगिताले समुदायबिच आत्मियता बढाउने नेवा मिसा पुच कास्कीकी अध्यक्ष मेनुका श्रेष्ठले बताईन् । ‘अहिलेको महामारीको समयमा एकखाल्को आत्मियता पनि बढ्छ सुरक्षा अपनाएर कार्यक्रम गर्दै छौं,’ उनले भनिन्,‘ युवा समुदायमा पनि योमरी बारे जानकारी हुन्छ ।’
प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ वडाका मिसा पुच सहभागि हुँदै छन् । प्रतियोगिता विजयतालाई २५ सय नगद राखिएको छ भने द्रोस्रो पुरस्कार २ हजार, तेस्रो १ हजार र उत्कृष्ट ५ सय रहेको छ ।