पोखरा । कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाको मादी गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकाका ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भनने खुलेको छैन ।
माछापुच्छे« गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकाको वडा नम्बर २ का १२ वर्षीय १ जना बालिकालाई संक्रमण पुष्टि भएको हो ।
पोखराको गण्डकी मेडिकल कलेजमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना महिला तथा २ जना पुरुष रहेका छन् । सो मेडिकल कलेजमा ३१ र २४ वर्षीय २ जना महिला तथा ३३ र ४३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा अन्तरगत संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । ठेगाना खुल्न नसकेका संक्रमितहरु ३८ वर्षीय १ जना महिला सहित २३ र ४२ वर्षीय २ जना पुरुष रहेका छन् ।
५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ वर्षीय १ जना महिला तथा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ६ मा ४५ वर्षीय १ जना पुरुष तथा ७ मा ४४ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ४४ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा ५० वर्षीय १ जना पुरुष, १० मा ४१ वर्षीय १ जना महिला, ११ मा ४६ वर्षीय १ जना महिला तथा १२ मा ८३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५१ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ६८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासीमा १३ जना, गोरखामा ६ जना, बाग्लुङमा १ जना, तनहुँमा ४ जना तथा म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ४ सय ८९ पुगेको छ ।