नेकपाको प्रचण्ड–नेपाल समुहद्वारा बाग्मती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहको काठमाडैंस्थित पेरिसडाडामा बसेको बैठकले बाग्मती प्रदेश अन्तरगत संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । शाक्यलाई प्रचण्ड–नेपाल समुहले उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको स्थानमा संसदीय दलको नेता चयन गरेको हो । यस अगाडि मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको थियो । अविश्वासको प्रस्ताव दर्ता भएपश्चात् शाक्यलाई समुहले मुख्यमन्त्रीको उमेद्वारका रुपमा अगाडि सारेको थियो ।

कमेन्टहरु
Loading...