पोखरा/आइएमइ लिटेचर फेस्टिभल ‘संघियताका अबसरहरु’ बिषयमा छलफल चलिरहेको छ । उक्त सेसनको बत्ताहरुमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री बिरण हुरुङ र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजक सीता सुन्दास रहेकी छिन भने कार्यक्रमको सहजिकरण पत्रकार दीपक परियारले गरेका छन् ।
साहित्य महोत्सवमा बोल्दै मन्त्री गुरुङले भने –‘ देशमा एकै जाती मात्र भएको भए संघियता आवश्यक पर्थेन । सबै जातजातीलाई एउटै मालामा उन्नका लागि संघिढता आवश्यक भएको हो । संघियता मधेसको मात्र मुद्दा हो भन्ने बिषयमा म सहमत छैन । अन्य जनजाती आन्दोलनले पनि निरन्तर संघियताको मुद्दा उठिरहेको छ ।’
प्रदेश सरकारको औचित्य छैन भन्नेहरुलाई गुरुङ्गले भने–‘सामाजिक सञ्जालमा प्रदेश सरकारको बिरोध हेरेर मात्र होईन । बरु गाउँ गाउँ पुगेर स्थानियहरुसँग बुझेपछि बल्ल प्रदेश सरकारको औचित्य के छ भन्ने थाह हुन्छ । नितान्त गण्डकी प्रदेशको कुरा गर्ने हो भने प्रदेश सरकार चाहिदैन भन्नेहरुलाई उज्यालो प्रदेश कार्यक्रम , घरघर धारा कार्यक्रले गतिलो झापड दिएको छ । केन्द्र र स्थानिय सरकारलाई जोड्ने महत्वपुर्ण भुमिका प्रदेश सरकारले बहन गरेको छ । प्रदेश सरकार भएको कारण नै यो गतिमा बिकास निर्माणको काम सम्पन्न भएको छ ।’
सीता सुन्दासले देश संघिय प्राणालीमा गएका कारण काम गर्न सहज भएको बताईन् । सुन्दासले केहि कानुनहरु निर्माण गरेर अगाडी गर्नुपर्ने बताईन् । सुन्दासले पनि संघियता कार्यन्वयनका लागि प्रदेश सरकारको भुमिका महत्वपुण रहेको बताएकी छिन् ।
पुष १४ गतेबाट चलेको आइएमी लिटेचर फेस्टिभल आज समापन हुनेछ । यसपाली आयोजकले फेस्टिभललाई भर्चुअल माध्यमबाट संचालन गरिरहेको छ भने कार्यक्रम पोखराको सराङ्गकोटबाट संचालन भएको छ ।
२०८१ पुष ९ गते मंगलवार
‘प्रदेश सरकारको औचित्य हेर्न सामाजिक संजालमा होईन गाउँगाउँ पुग्नुपर्छ’ – मन्त्री गुरुङ
कमेन्टहरु