चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान

पोखरा । पोखरा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सवको अवसरमा दक्षिणी चेम्बर इकाई र फेवा इकाईले बिरौटामा खुल्ला रक्तदान कार्यक्रम गरेका छन् ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार भएको घुम्ती रक्तदानमा ४४ जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।

रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले उद्घाटन गरे । उनले पोखरा आसपासमा रगत अभाव हुन नदिन सबै संघ संस्थालाई खुल्ला रक्तदान गर्न आग्रह गरे ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले चेम्बरले पोखरा महानगरलाई ७ वटा इकाईमा विभाजन गरेर उद्योगी व्यवसायीको पक्षमा काम गरेको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकाका सदस्य राधिका शाही योगी, क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, सचिवहरु प्रेम सुवेदी र नारायण पौडेल, कोषाध्यक्ष कमल बस्नेत, सचिवालय सदस्यहरु रवीबहादुर विक, सुरेश दाहाल, नवीन बराल, चेम्बर अफ कमर्स फेवा इकाईका अध्यक्ष कमल भुजेल, चेम्बर अफ कमर्स दक्षिणी इकाईका उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भुनाथ योगी लगायतले बोलेका थिए ।

त्यस्तै पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको सेती विजयपुर इकाई १५ गते अमरसिंहचोकका रक्तदान गरेका कोषाध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए ।

कमेन्टहरु
Loading...