‘संविधानको रक्षाका लागि आन्दोलन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् ।

नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।

नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे ।

नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।

कमेन्टहरु
Loading...