देवकोटा वन्धु समाजको भ्रमण टोली फिर्ता

पोखरा, ४ पौष/देवकोटा वन्धु समाजको संगठन विस्तार गर्ने क्रममा पुर्वाञ्चलका सम्पुर्ण जिल्ला भ्रमण गरि पोखरा फिर्ता भएको छ । देवकोटा वन्धु समाजका अध्यक्ष सरोज देवकोटाको नेतृत्वमा गएको टोली देवकोटाको अधिक वस्ती रहेको ऐतिहासिक जिल्ला सिन्धुली र सिन्धुली जिल्लाको खुर्कोट गाविसमा जिल्ला सम्मेलन भएको थियो । त्यस्तै महोत्तरी, सर्लाही, धनुषा, रौतहट लगायत जिल्लामा समेत भेला गरी तदर्थ कमिटि गठन गरिएको छ । देवकोटा वन्धु समाजको संगठन विस्तार गरी नेपाल भरीका देवकोटाको तथ्याङ्क निकाल्ने, वंशावली निकाल्ने , सस्कृती परम्परालाई एक रुपतामा लैजाने लगाएतको मुख्य उद्देश्य राखेर वन्धु मिलन कार्यक्रम गरि भ्रमण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष शालिग्राम देवकोटा वताए ।

कमेन्टहरु
Loading...