संसद विघटनविरुद्ध आज पोखरामा प्रचण्ड-नेपालको विरोध सभा

संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समुहले आज  मंगलवार पोखरामा प्रर्दशन गर्दैछ ।

देशभर प्रर्दशन गर्ने कार्यक्रम अनुसार विहान ११ बजे पोखरा चिप्लेढुंगाबाट र्याली सुरु हुनेछ ।

पृथ्वीचोकमा पुगेर सभाका परिणत हुने कार्यक्रमलाई माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रचण्ड पक्षका नेता खिमलाल देवकोटाले सम्बोधन गर्नेछन् ।

केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले देशव्यापी आन्दोलन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।

 

 

कमेन्टहरु
Loading...