जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु लागेको छ ।
तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको।
आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको महाशाखाले जनाएको छ । आज न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । गत शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।
हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।