कम्युनिष्टहरु समस्या मात्रै सिर्जना गर्छन्: वरिष्ठ नेता पौडेल

तनुहँ संवादाता ।

नेपाली कांगेसका वरिस्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले समस्यामात्रै सिर्जना गर्ने बताएका छन् ।

कम्युनिष्टहरु समस्या मात्रै निकाल्ने तर समाधान गर्न नसक्ने बताउँदै नेता पौडेलले समाधान कांग्रेसले गर्ने बताए । आइतबार तनहुँको दमौलीमा कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

पछिल्लो समय देशमा भैरहेको घटनाक्रमतर्फ संकेत गर्दै नेता पौडेलले सर्वोच्च अदालतले मात्रै अव देश जोगाउन सक्ने बताए ।

सर्वोच्च अदालतका न्यायमुर्तिहरुले यो संविधानलाई राम्रोसँग पढेर संसद पुनस्थापना गरी संविधान जोगाउनुपर्छ । ‘यो मुलुकलाई विखण्डनतर्फ जान नदिन सर्वोच्च अदालतले मात्रै रोक्न सक्ने उनले जिकिर गरे ।

‘देशकै अस्तित्व खतरामा पार्ने काम प्रधानमन्त्रीको कदमले गरेको छ । देश र संविधान नै फाल्ने दुराशयले संसद् विघटन गरिएको छ, देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षडयन्त्र हुँदैछ, षडयन्त्रको पर्दाफास हुनुपर्छ’, उनले भने ।

लोकतन्त्र र संविधान माथि प्रहार भएकाले यसको प्रतिपाद गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसको नेताकार्यकर्ताले दमौलीको बजार परिक्रमा गरी खुल्ला मैदानमा पुगेर विरोध सभा गरेका थिए । विरोधसभामा कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भटराई पनि सहभागी भएका थिए ।

त्यस्तै आइतबार तनहुँको भीमादमा भएको विरोध सभालाई केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्वोधन गरेका थिए ।

उनले सरकार रेलका, पानीजहाजका कुरा गर्ने तर काम केही नगर्ने भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

कमेन्टहरु
Loading...