ब्रेकिङः पोखराको सभागृहचोकबाट प्रदर्शनकाक्रममा एक विद्यार्थी पक्राउ, रातभर आन्दोलनको घोषणा

गन्थन डेस्क

नेकपाका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल (प्रने) पक्षधर विद्यार्थी समूहले प्रहरीलाई छक्याउँदै पृथ्वीचोकमा राँके जुलुस निकाल्ने क्रममा प्रहरीले एक विद्यार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने विद्यार्थी वसन्त बाँस्तोला रहेको जानकारी दिइएको छ । पक्राउपछि बाँस्तोलालाई वडा प्रहरी कार्यालय बैदाम लगिएको हाम्रा संवाददाताले जनाएका छन् । यसको विरोधमा प्रदर्शनकारीहरु रातभर सडकमै आन्दोलनरत रहने बताइएको छ ।

बाँस्तोला पक्राउ परेपछि प्रदर्शनकारी विद्यार्थीहरुले सडकमै सुतेर रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

कमेन्टहरु
Loading...