पोखरामा छापामार शैलीमा निस्कियो प्रनेको राँके जुलुस

गन्थन डेस्क

नेकपाका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल (प्रने) पक्षधर विद्यार्थी समूहले प्रहरीलाई छक्याउँदै भर्खरै पृथ्वीचोकमा राँके जुलुस निकालेका छन् ।

यसअघि महेन्द्रपुलमा राँके जुलुस निकाल्दै आएका विद्यार्थीहरुले आज साँझ भने फरक स्थानबाट जुलुस गरे ।

जुलुस निस्केपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरुबा राँको खोसेर निभाएको छ । त्यसपछि उक्त स्थानबाट एकाएक हराएको समूह केहीबेर पछि सभागृहचोक पुगेर कोणसभा गरेको छ ।

सभालाई विद्यार्थी नेता राजन शर्मा, सुमन देवकोटा, क्षितिज सापकोटालगायतले सम्बोधन गरेका छन् । उनीहरुले प्रदर्शनमा प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । त्यस्तै, थप दमन गरे प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् ।

सभामा उनीहरुले ‘केपी ओली मुर्दावाद’, केपी चोर, देश छोड’लगायतका नारा लगाएका छन् । प्रदर्शनकाक्रममा प्रहरीले गरेको लाठीचार्जबाट केही विद्यार्थी घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध विद्यार्थीहरुले निरन्तर राँके जुलुससहित प्रदर्शन गरिरहेका छन् ।

कमेन्टहरु
Loading...