पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायीको टोली ढोरपाटन पुगेको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित कार्यक्रम अन्तर्गत यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तरक्रियामा वक्ताहरूले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औंल्याए ।
तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । बराह ताल लगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पु¥याउन सकिने उनले उल्लेख गरे ।
भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेश भित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताएका छन् । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामीण पर्यटनमा धेरै सम्भावनाहरू बढाउने उनको भनाई छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औंल्याएका छन् । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाई छ ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउने लगायतका कामलाई प्राथमिकतामा राखिएको बताएकी छिन् ।
ढोरपाटनमा सञ्चालित पाखाथर सामुदायिक होमस्टेका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटो लगायतका समस्या रहेको बताएकी छिन् । आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलु लगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै हामेस्टे सञ्चालन नगरिएको बताइन् ।
भ्रमण टोलीले आज बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सााूदायिक होमस्टेको प्रवद्र्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिएका छन् ।
भ्रमण टोली भोलि पोखरा फर्कने कार्यक्रम छ ।