काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान तथा जनताको मतलाई अपमान गरेको बताएका छन् । आज काडमाडौंको बानेश्वरमा क्षेत्र नम्बर १ ले आयोजना गरेको सरकारविरुद्धको आन्दोलन पश्चात कार्यक्रममा सम्बोधन गर्दैै उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको आरोप लगाएका हुन् ।
आफ्नै पार्टी नेकपाभित्रको आन्तरिक कलहलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । नेता सिंहले पार्टीको आन्तरिक समस्या तथा विवादलाई व्यवस्थापन गर्न प्रधानमन्त्री ओली असफल भएपछि त्यसको रिस संसद भंग गरेर पोखेको उनको भनाई थियो । ओलीको असंवैधानिक कदमको पक्षमा नेपाली कांग्रेसले कहिले पनि साथ नदिे समेत उनले स्पष्ट पारेका छन् ।