सराङकोटबाट आज बेलुकी रोदनले माग्नेछन् ‘खाली पेटमा खाने दबाई’

 

दिपक के श्रेष्ठ

पोखराको पहिचान बनेको नेपाल लिटरेचर फेस्टिभलको ‘सफ्ट ओपनिङ’ आज साँझ ५ बजे हुँदैछ ।

शुभारम्भ साँझ नाम दिइएको यस कार्यक्रममा गजल महफिल जम्नेछ । जसमा प्रस्तोता अमृत सुवेदीकासाथ जल्दाबल्दा गजलकार प्रदीप रोदनले आफ्ना रचना सुनाउनेछन् ।

पेशाले शिक्षक गोर्खाका स्रष्टा रोदन पछिल्लो समय चर्चामा आएका गजलकार हुन् । ‘डाक्टर साब चामल बेचेर जँचाउन आएको हुँ, बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुहोस्’ अत्यधिक रुचाइएको गजल हो ।

यस्तै दमदार गजलले साँझको महफिल जम्ने, जमाउने योजना रहेको प्रस्तोता सुवेदीले जनाएका छन् ।

प्रदीप राेदन

 

कोरोना कहरकाकारण फेवा किनारबाट सराङकोटतर्फ उक्लिएको फेस्टिभलको औपचारिक उद्घाटन भने मंगलबार हुनेछ । १४ र १५ गते हुने फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् ।

सबै सत्र भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् ।

नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

 

 

फेस्टिभलकाे कार्यक्रम तालिकाः

कमेन्टहरु
Loading...