पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बाको सहयोग गर्ने भएको छ । प्रदेशका गृहमन्त्री समेत रहेका कानुनमन्त्री हरिबहादुर चुमानको मन्त्री पद जोगाउनका लागि प्रचण्ड–नेपाल समुहले पृथ्वीसुब्बाको सहयोग गर्ने भएको हो ।
मन्त्री चुमानले गन्थनसंग कुरा गर्दै केन्द्रमा जस्तो पद तथा सत्ताका लागि प्रदेश तहमा विवाद उत्पन्न नहुने बताएका छन् । तथा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने समेत उनले कार्यक्रममा स्पष्ट पारेका छन् ।
यद्यपि पूर्वमाओवादी तथा प्रचण्ड–नेपाल समुहका केही सांसदहरुले भने मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेपर्नेमा जोड दिइरहेको स्रोतले जानकारी दिएको छ । हिजोमात्रै राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेशको यही सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङलाई साथ दिने बताइसकेको छ ।