ओलीको कदमविरुद्ध सडकमा आउन नेपाली कांग्रेस अल्मलिरहेको छः डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । आज पार्टीले काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्री ओली भष्मासुर भएको र असारमा नै ठेगान नलगाउँदै आजको राजनीतिक परिस्थिति अस्थिर बनेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास फेरि दोहा¥याएको उनको आरोप छ । २०१५ सालमा बनेको संविधान राजा महेन्द्रले अस्वीकार गरेको र २०१७ सालमा संसद विघटन गरेपछि ३० वर्ष लड्नुपरेको उनको भनाई थियो । २०५९ सालमा महेन्द्र कै छोरा ज्ञानेन्द्रले पिताको इतिहास दोहो¥याएको र अहिले प्रधानमन्त्री ओली पनि त्यही इतिहास दोहो¥याएर भष्मासुर बन्न खोजेको डा.भट्टराईको आरोप थियो ।

पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाललाई समेत ओलीले गोदेको आरापे लगाए । ढिलै भए पनि प्रधानमन्त्री ओलीको भ्रमबाट प्रचण्ड–नेपाल मुक्त भएको समेत उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्नु ओलीको प्रतिगामी सोच रहेको भन्दै उनको विरुद्ध एकजुट हुन उनले सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बाल्दै उनले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा आउन आग्रह गरेका छन् । निर्वाचन भए पछि पार्टी पहिलो बन्छ भन्ने भ्रम नेपाली कांग्रेसमा रहेको भन्दै डा.भट्टराईले अहिले घोषणा गरिएको निर्वाचन विषको घैंटोमा अमृत राखेको जस्तै भएको बताएका छन् ।

नेपाली कांग्रेस २००७ सालदेखि लोकतन्त्रका लागि लडेको तर अहिलेको ओलीको कदमप्रति अझै पनि ढुलमुल–ढुलमुल गरिरहेको उनको भनाई थियो । लोकतन्त्रको रक्षाका लागि आफूहरुलाई साथ दिन भट्टराईले कांग्रेससंग आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...